१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ। 

दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। विभागका अनुसार सो अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड बराबरको मालवस्तु निर्यात गरेको छ। सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ। 

आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो। गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ। 

विभागका अनुसार आव २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ। 

कूल कारोबारका आधारमा आव २०७८/७९ १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.