तातोपानीबाट भित्रियो रासायनिक मल

तातोपानीबाट भित्रियो रासायनिक मल

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार पछिल्लो एक सातामा ७ हजार टन रासायनिक मल नाकाबाट भित्रिसकेको छ।

सिन्धुपाल्चोक : कृषकलाई यसपालि मल अभाव हुन नदिन उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्र्याउन सुरु गरिएको छ। तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार पछिल्लो एक सातामा ७ हजार टन रासायनिक मल नाकाबाट भित्रिसकेको छ। 

‘नाकाबाट दैनिक ६/७ वटा मलका कन्टेनर आइरहेका छन्’, प्रमुख भन्सार अधिकृत दयानन्द केसीले भने, ‘भन्सार कार्यालयमा भण्डारण गर्ने क्षमता कम भएकाले यहाँ भएका मल राजधानी पठाइसकेपछि आयात अनुपात बढ्छ।’ भन्सार कार्यालयमा ल्याइएको मल तुरुन्तै जाँच गर्न आफूहरू सक्षम रहेको बताउँदै केसीले सडकमार्ग स्तरोन्नति हुन सके नाकाबाट आयात बढ्ने बताए।

तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएको ट्रान्सिल टर्मिनल्सका प्रबन्धक अनिरुद्र थापाले पछिल्लो एक सातादेखि दैनिक रूपमा मल आयात भइरहेको बताए। प्रबन्धक थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्न सक्ने क्षमता रहेकाले त्यहीअनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिएको बताए। उनका अनुसार तातोपानी भन्सार कार्यालयमा रहेको मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने गरिएको छ। 

  •    एक सातामा ७ हजार टन रासायनिक मल तातोपानीबाट भित्रियो
  •    अब ७ हजार १ सय टन मल ल्याउने तयारी

साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका लागि मल ल्याउने जिम्मा पाएको सिल्क ट्रान्सपोर्ट कम्पनीले गत साता ३ हजार ५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकेको जनाएको छ। मलको अभाव झेलिरहेका किसानका लागि यस वर्षको बर्खामा मलको अभाव हुन नदिन निर्यातलाई जोड दिएको सिल्क ग्रुपका प्रमुख रमेश शेर्पाले बताए।

‘तातोपानी नाकाबाट ल्याइएका ७ हजार टन मल साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई बुझाइसकेका छौं’, सिल्क सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले भने, ‘अब ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भइरहेको छ।’ ७ हजार टन मल चीनको सिगात्सेमा ल्याएर राखिएको उनको भनाइ छ। तातोपानी भन्सारको मल राख्ने क्षमताअनुसार अहिलेका लागि त्यति बराबरको मल ल्याउने तयारी रहेको सत्यालको भनाइ छ। तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टेनर ल्याइएको उनले सुनाए। 

‘सम्झौताअनुसार यो मल हिउँदमै आउनुपथ्र्यो, कोभिड र नाका पूर्ण सुचारु हुन नसक्दा ल्याउन सकिएको थिएन’, सत्यालले भने, ‘भन्सारमा आएको मलको परीक्षण र अरू प्रक्रिया तत्काल गर्न सके एक सातामा नै मल बुझाउन सकिन्छ।’ सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिनेगरी आयात गरिरहेको उनको भनाइ छ। 

रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत ल्याइएको सिल्क कम्पनीले जानाएको छ। सडक राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने सत्यालले बताए। चीनबाट ५ दिनमा नाकामा र ७ दिनभित्र काठमाडौंसम्म मल पुर्‍याउन सकिने सकिने उनको भनाइ छ।

चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो। भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो। भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रूपमा एकतर्फ रूपमा सञ्चालनमा आइरहेको थियो। तर गत वैशाख १८ गतेदेखि दुईतर्फी आयात निर्यातको लागि नाका सञ्चालनमा आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.