सांसदको प्रश्न : किसानले बैंकमा राखेको पैसासमेत सुरक्षित नभएपछि के सुरक्षित हुन्छ ?

सांसदको प्रश्न : किसानले बैंकमा राखेको पैसासमेत सुरक्षित नभएपछि के सुरक्षित हुन्छ ?
सुन्नुहोस्

काठमाडौं : सांसद देवप्रसाद तिमल्सिनाले माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा जम्मा गरेको रकम कहाँ गयो भनेर प्रश्न गरेका छन्। सोमबार संसदमा शून्य समयमा बोल्दै उनले बैंकबाट रकम गायब पार्नेलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।

‘किसानले छोरीको बिहे गर्न माछापुच्छ्रे बैंकमा जम्मा गरियो । जम्मा भएको रकमको रेकर्ड उहाँको मोबाइलमा आयो। आइतबार झिक्न जाँदा पैसा छैन।’ उनले भने, ‘तत्काल खातावालालाई रकम दिएर, ह्याक गर्ने त्यस्तो अपराधिलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्न माग गर्दछु।’ 
 

आइतबार चेक साट्न गएका बृन्दावन नगरपालिका-३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो। गत शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो। बृन्दावन नपाका पूर्व वडाध्यक्षसमेत रहेका सेवाग्राही यादवको खाताबाट रकम हराएपछि आइतबार दिनभर स्थानीयले बैंकमा भेला भएका थिए। गत बिहीबार उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए।

खातावाला पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन्। खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउँदासमेत बैंक प्रमुख दासले बेवास्ता गरेको पीडितको भनाई छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.