अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतीय खेलाडीको वर्चस्व

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतीय खेलाडीको वर्चस्व

दोलखा : दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले जितेका छन्।  

८.५ अंकसहित प्रथम भएका महिन्द्रकारले नगद एक लाखसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

स्व. भीमबहादुर तामाङको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, अमेरिका र फ्रान्सका एक सय ५६ जना खेलाडीको सहभागिता रहेको  थियो।  प्रतियोगिताको दोस्रो र तेस्रो स्थान पनि भारतीय खेलाडीहरूले नै हात पारेका छन्।

प्रतियोगितामा उपविजेता (दोस्रो) भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी भएका छन्। ७.५ अंक सहित उपविजेता बनेका नगरकाट्यले ६० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा ७ अंक सहित तेस्रो बनेका सोनीले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले जानकारी दिए। 

प्रतियोगितामा १२ वर्षमुनिको अर्को प्रतिस्पर्धामा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादव विजेता बनेकी छन्। उनले ४ अंक प्राप्त गरेको आयोजकले जनाएको छ। नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अंकसहित दशौ भएका थिए भने ६ अंकसहित नेपालका खेलाडी नविन तण्डुकार बेष्ट भेटरान बनेका छन्। 

त्यसैगरी महिला तर्फ ६ अंक सहित श्रीलंकाको खेलाडी एसडी रनसिंगे प्रथम भएकी छन्। प्रतियोगिताका विजयीहरूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले पुरस्कार वितरण गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.