सिन्धुलीको ग्वाल्टारमा होटलमा आगलागी
![सिन्धुलीको ग्वाल्टारमा होटलमा आगलागी](https://annapurnapost.prixacdn.net/media/albums/fire-sindhuli_18QCLk5s0L_pOi6e7uViK.jpg)
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा एउटा होटलमा आगलागी भएको छ। आगलागीबाट होटलमा लाखौंको क्षति भएको छ।
प्रहरी चेक पोस्टसँगै रहेको केदार काफ्लेको काफ्ले होटलमा मध्यराती आकस्मिक आगलागी भएको हो। आगलागीबाट होटलको सम्पूर्ण खाद्य तथा पेयपदार्थ, भाडाकुडा, २ वटा फ्रिज लगायतका सरसामाग्री जलेर नष्ट भएको स्थानीय गौरब कार्कीले जानकारी दिए।
आगो स्थानीयबासीको सकृयतामा नियन्त्रणमा लिएको हो। आगलागीको कारण एकिन नभए पनि विद्युत सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न थालेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)