सिन्धुलीमा फेरि झडप, प्रहरीद्वारा दर्जनौं अश्रु ग्यास प्रहार, राजमार्ग फेरि अवरुद्ध

सिन्धुलीमा फेरि झडप, प्रहरीद्वारा दर्जनौं अश्रु ग्यास प्रहार, राजमार्ग फेरि अवरुद्ध
सुन्नुहोस्

सिन्धुली : गर्भवती महिलाको मृत्युका विषयलाई लिएर फेरि सिन्धुली तनावग्रस्त भएको छ। अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीनबुँदे सहमति भएको केही समयमा नै पुनः आक्रोशित भिड र प्रहरीबीच झडप भएको हो। 

झडपमा आन्दोलनरत र सुरक्षा निकाय दुबै पक्षका केही घाइते भएका छन्। झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित भिड नियन्त्रणबाहिर गएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको भएको थियो। 

सम्बन्धित सबै पक्षबीचमा घटनाबारे छानविन गर्न सहमति भएर समिति गठनका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भए पनि पुन भिड नियन्त्रण बाहिर गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। 

nullउनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। प्रहरीले कति फायर गर्‍यो भन्ने एकिन छैन। 
आक्रोशित भिडले पुनः विपी राजमार्ग अवरुद्ध गराएका छन्। उनीहरु पुनः तोडफोडमा उत्रिएका छन्। पिडित परिवारले सहमति जनाए पनि भिडि नियन्त्रण हुन नसकेपछि अस्पतालका सेवा पुनः अवरुद्ध भएको छ।

कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउने क्रममा सिन्धुली अस्पताल ल्याएकोमा डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ। अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजेर २० मिनेट जाँद महोत्तरीको बर्दिबास स्थित ट्रमासेन्टरमा पठाइएको थियो। पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको घोषणा भएपछि पिडितले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.