विभिन्न घटनामा पाल्पामा दुई जनाको मृत्यु
तानसेन : पाल्पामा विभिन्न घटनामा दुई जनाको मृत्यु भएको छ। एक जना घाँस काट्ने क्रममा र अर्को घरको छत बाट लडेर मृत्यु भएको हो।
पूर्वखोला गाउँपालिका-५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेका ७४ वर्षीय हरीराम पुनको उपचारको क्रममा मृत्यु भएको हो। पुन जेठ २ गते घर नजिकैको बारीमा दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए।
घाइते पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
त्यसैगरी रामपुर नगरपालिका-५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। रामपुर वडा नं ५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए। तीन तले कच्ची घरको दोस्रो तलाबाट अचानक लडेर घाइते भएका डोटेलको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !