लम्पी स्किन प्रकोपबाट २७५ पशुचौपायाको मृत्यु

लम्पी स्किन प्रकोपबाट २७५ पशुचौपायाको मृत्यु
लम्पी स्किन प्रकोप अनुगमन गर्दै सरकारी पशु प्राविधिकहरू।

हेटौंडा : बागमती प्रदेशको १३ जिल्लामा लम्पी स्किन रोगबाट ९ हजार ३ सय ९१ पशुचौपाया संक्रमित भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका अनुसार संक्रमितमध्ये २ सय ७५ को मृत्यु भएको छ।

जेठ ९ गतेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै मकवानपुर जिल्लामा ५ हजार ७७ गाई र पाँचवटा भैंसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको पशुपन्छी तथा मत्स्य विकास  निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क छ। मकवानपुरमा मात्र १ सय ९२ पशुचौपायाको मृत्यु भएको छ।

त्यस्तै चितवनमा २६ सय ७४ पशुचौपायामा संक्रण देखिएको र ५४ वटाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। नुवाकोटमा सातसय १६ पशुचौपायामा संक्रमण देखिएको र १ सय ४३ वटाको मृृत्यु भएको निर्देशनालयको तथ्यांक छ। सबैभन्दा कम रसुवा जिल्लामा ६ वटा पशुचौपायामा संक्रमण निर्देशनालयका अधिकृत रामहरि शर्माले बताए। 

बागमती प्रदेशमा सबैभन्दा पहिला मकवानपुरमा लम्पी स्किनको प्रकोप देखिएको थियो। लम्पी स्किन’ रोग एकपछि अर्को किसानको गोठसम्म सर्दै गएकोले महामारीको प्रकोप देखिएको हो। यो रोग लागेपछि पशुचौपायाको  पुच्छर वरिपरिका भाग, पेट र थुनलगायत शरीरका विभिन्न भागमा साना/ठुला गिर्खाहरू देखिने, एकसय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, खुट्टा सुन्निने र दूध दिन छाड्ने लक्षण देखिने गरेको पशु प्राविधिकहरू बताउँछन्।

यो रोग नियन्त्रणका लागि पहल भएपनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन। ‘पशु प्राविधिकहरूलाई जिल्ला छाड्न दिएका छैनौं, भ्याक्सिनको काम धमाधम भइरहेको छ’, निर्देशनालयका अधिकृत शर्माले भने, ‘यो संक्रमण नियन्त्रणमा आउन अझै केही समय लाग्ने देखिएको छ।’

लम्पी स्किन रोग लागे ८० प्रतिशत दूध घट्ने, बाँझोपन हुने र १० प्रतिशतसम्म मृत्यु हुने अध्ययनले देखाएको छ। यो रोगको कुनै उपचार नहुने र भ्याकसिन मात्र लगाएर न्यूनीकरण गर्ने भएकाले  भ्याक्सिन लगाउने कार्यलाई स्थानीय तहमा प्राविधिकहरू खटाएर प्रदेश सरकारले काम गरिरहेको छ।  

उक्त रोग लम्पी स्किन डिजिटल भाइरस नामक विषाणुबाट लाग्ने गर्छ। उक्त जीबाणु ५५ डिग्री सेल्सियसमा दुई घण्टासम्म बाँच्छ। यस्तो वातावरण धेरै लामो समयसम्म रहन सक्छ। छालाको गिर्खामा ३३ दिनभन्दा धेरै रहन्छ। अनुसन्धानमार्फत फोहोर तथा अँध्यारो गोठमा धेरै लामो समयसम्म यो जीबाणु भेटिएको पाइएको छ। उक्त रोगले बिरामी पार्ने प्रतिशत १०–२० प्रतिशत पाइएको छ र यसबाट पशुको मृत्युदर १–५ प्रतिशत छ। खासगरी गाई तथा कहिलेकाही भैंसीमा पाइन्छ। अनुसन्धानले उक्त रोग होलेस्टोन गाई र क्रस गाईमा बढी हुने देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.