जेठ १६ गतेदेखि हेटौंडामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा जेठ १६ गतेदेखि राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
२०६४ पछि राष्ट्रिय स्तरको कुनैपनि भलिबल प्रतियोगिता नभएको हेटौंडामा पहिलो पटक प्रतियोगिता हुन लागेको हो।
हेटौंडा-४ स्थित हुप्राचौरमा जेठ १६ देखि २० गतेसम्म हुने प्रतियोगितामा नेपाल आर्मी,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ,बागमती प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम,गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम (स्याङजा), पाथीभरा भलिबल टिम (झापा) कोशी प्रदेश गरी १० वटा भलिबल टिमको सहभागिता रहने आयोजकले बताएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख,दोस्रो हुने टिमले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै सात्वना पुरस्कार स्वरूप प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टिमलाई ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले ५/५ हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गर्ने जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले बताए।
हेटौंडा उपमहानगरपलिका मुख्य सहयोगमा केशवलाल स्मृति केन्द्रीय प्रतिष्ठान र जिल्ला भलिबल संघको संयुक्त आयोजनमा हुन लागेको प्रतियोगितामा करिब २५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडा १९ वडा र ३ नम्बर वडा कार्यालय सह सहयोगी संस्थाको रुपमा रहको सिटौलाले बताए।
प्रतिक्रिया दिनुहोस !
