लुम्बिनीमा गणतन्त्र दिवस  

गणतन्त्र संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री चौधरी

गणतन्त्र संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री चौधरी
तस्बिर : अन्नपूर्ण

दाङ : लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ति उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाइरहेको छ । 

आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरि दिवस मनायो । भोलि मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामुख,मन्त्रीहरु, सचिव, कर्मचारी, अन्य निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताए । उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्ममा गणतन्त्र संस्थागतमा चुनौति थपिइरहेको बताए । 

उनले कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको बताए। 'अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने,जनताको अपेक्षा पूरा गर्न नसकिने,आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएका छन्,'उनले भने।

 साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताए । अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने उनको भनाइ छ। 'अधिकारहरू प्रदेशमा दिन म ध्यानाकर्षण गराउँदछु । गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पुर्‍याउन छ । अनिमात्र गणतन्त्रामा सबैको अपनत्व बढ्छ । प्रदेश सरकार यसलाई ध्यानमा राखेर कार्यक्रम बनाउँछौँ,'मुख्यमन्त्री चौधरीले भने ।

आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसमो महत्व ठूलो रहेको बताए । कार्यक्रमममा विभिन्न प्रतियोगितामा सहभागी र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.