नेपाल–भारतबीच संशोधित पारवहन सम्झौता
पारवहन सम्झौता भएसँगै नेपालले भारतको नयाँ रेलरुटका साथै भारतीय आन्तरिक जलमार्गको सुविधा उपभोग गर्न पाउनेछ ।
काठमाडौं : नेपाल र भारतीबीच नयाँ पारवहन सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले सम्झौतामा हस्ताक्षर गरे ।
पारवहन सम्झौता भएसँगै नेपालले भारतको नयाँ रेलरुटका साथै भारतीय आन्तरिक जलमार्गको सुविधा उपभोग गर्न पाउनेछ ।