धनगढीमा 'केजरीवाल शिक्षा' मोडेल लागू गर्ने तयारी

धनगढीमा 'केजरीवाल शिक्षा' मोडेल लागू गर्ने तयारी
भारतको राजधानी नयाँदिल्लीमा केजरीवालको शिक्षा मोडेलको अध्ययनका लागि गएका धनगढी उपमहानगरपालिकाका पदाधीकारी, शिक्षक र शिक्षाविद् । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : आधारभूत तहको परीक्षामा एक नीजि र १७ सामुदायिक गरी १८ विद्यालयको नतिजा शून्य आएपछि धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा भारतको राजधानी दिल्लीको शिक्षा मोडेल लागू गर्ने तयारी गरेको छ । 

उपमहानगरपालिककाले उपमेयर कन्दकला रानाको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्टार डाक्टर हेमराज पन्तसहितका शिक्षाविज्ञहरू,१९ वडाबाट एक/एकजना प्रधानाध्यापक, कार्यपालिकाका सदस्यहरू,शिक्षा महाशाखाका प्रमुखहरू गरी ३५ जनाको टोली दिल्ली पठाएको छ । 

टोलीमा संलग्न डाक्टर हेमराज पन्तले दिल्लीका मुख्यमन्त्रीले पछिल्लो एक दशकमा गरेको आमुल परिवर्तन अथवा केजरीवाल मोडेलको अध्ययन गरेर उपमहानगरको शिक्षा सुधारका लागि प्रतिवेदन दिइने बताए ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले शिक्षाको सुधारका लागि सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ, विद्यालयका पूर्वाधारमा लगानी र सौन्दर्यीकरण,शिक्षकहरूको क्षमता अभिवृद्धि,खुला तथा भर्चुअल कक्षाको मोडल सञ्चालनमा ल्याएका छन् । 

दिल्लीमा अहिले सामुदायिक विद्यालयमा ९० प्रतिशतभन्दा बढी नतिजा आउने गरेको छ । टोलीले भारतको राजधानी दिल्लीका सहिद हेमुकालाणी सर्वोदय बालविद्यालय,सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडेल भर्चुअल स्कुल र गभर्मेन्ट ब्वाइज एसआर सेकेण्डरी स्कुललगायतको अवलोकन गरेको जनाएको छ । स्कुलले कसरी पठनपाठन गरिरहेको छ भनेर टोलीले विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुका साथै पठनपाठनका क्रममा अपनाउने प्रविधिबारेमा पनि जानकारी लिएको छ । 

पारिवारिक समस्या भएका,क्रिकेट, फुटबललगायत खेलकुद एकेडेमीमा भर्ना भएर नियमित विद्यालय आउन नसक्ने बालबालिहरूका लागि भर्चुअल कक्षाको व्यवस्था गरिएको हो । ‘भौतिक रुपमा विद्यालयमा आउन नसक्ने विद्यार्थी शिक्षाको अवसरबाट बञ्चित नहोउन भनेर यस्तो गरिएको रहेछ,'भ्रमण टोलीकी संयोजक उपमेयर कन्दकला रानाले भनिन् ।

केजरीवालको शिक्षा मोडेल अहिले दक्षिण एशीयाको नमूना मोडेलको हो । उनले भाषाको कुरामा बढि जोड दिएका छन् । केजरीवालले विद्यार्थीलाई दिइने किताबी ज्ञानभन्दा पनि जीवनमा उपयोगी शिक्षाको मोडेल तयार पारेर लागू गरेका हुन् । 

त्यहाँका अधिकांश सरकारी विद्यालयमा विद्यार्थीहरूको करियरको बारेमा समेत प्रशिक्षण हुनेगर्छ ।  व्यवस्थापन,फर्निचर, स्मार्टबोर्ड, प्रयोगशाला, पुस्तकालय, स्वीमिङपुल, खेलकुद सुविधा आदिले दिल्ली विद्यालय सुसज्जित रहेको भ्रमण टोलीमा सहभागी कार्यपालिका सदस्य माया भण्डारीले बताइन् । 

‘सरकारी विद्यालयको शिक्षा पुरै निशुल्क छ । पाठ्यसामाग्रीहरु, ल्यापटपसहित शैक्षिक सामग्री सरकारले उपलब्ध गराउँछ र निजी विद्यालय जत्तिकै सुविधा र गुणस्तर रहेछ,'उनले भनिन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शिक्षाले नै देशको भविष्य बन्ने भएकाले सिमित स्रोत साधनका बीच पनि सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने प्रयास गरिएको बताए ।

 ‘केजरीवाल मोडेल दक्षिण एशियाको नमूना मोडेल हो । धनगढीमा त्यो मोडेल लागू गरिनेछ,' मेयर हमालले भने । भ्रमण टोली भारतमै छ । उसले अझै त्यहाँका चर्तित सामुदायिक विद्यालयको भ्रमण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.