एमालेले प्रधानमन्त्रीसँग संसदमा जवाफ माग्ने

एमालेले प्रधानमन्त्रीसँग संसदमा जवाफ माग्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नरिएको भन्दै संसदमा जवाफ माग गर्ने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, इपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेको लगायतका विषयमा प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो। 

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। संवैधानिक व्यवस्था विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको विषयमा पनि संसदमा कडारूपमा विरोध जनाउने उनले बताए।

बैठकले सरकारले अघि सारेको बजेट गन्तव्यहीन भएको निष्कर्ष निकाल्दै बजेटमाथिको छलफलमा क्रममा खुलेर बिरोध गर्ने निर्णय गरेको गिरीले बताए। बैठकमा बजेट छलफलका क्रममा सशक्तरूपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी ओलीले सांसदहरुलाई निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.