प्रमाणिकरण गरिएको नागरिकता विधेयक रद्ध गर्नुपर्छ : एमाले
गिरीले भने, ‘सरकारको बजेट वक्तव्यलाई लिएर छलफल गर्ने तयारीमा थियौं । तर, दुर्भाग्य सरकारले संविधानलाई मिच्यो । लाखौंको संख्यामा नेपालीले नै नागरिकता नहुँदा पिडा छ । तर, संवैधानिक प्रकृया अनुरुप नागरिकता प्रमाणिकरण हुनुपर्छ । सरकार संविधान पालना गर्ने पक्षमा छैन । ’
काठमाडौं : नेकपा एमालेले नागरिकता विधेयक असंवैधानिक ढंगबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको भन्दै संसद् अवरोध गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रकृयाअनुरुप नागरिकता प्रमाणिकरण गरिएको भन्दै संसद् अवरोध गर्नुपरेको बताए ।
गिरीले भने, ‘सरकारको बजेट वक्तव्यलाई लिएर छलफल गर्ने तयारीमा थियौं । तर, दुर्भाग्य सरकारले संविधानलाई मिच्यो । लाखौंको संख्यामा नेपालीले नै नागरिकता नहुँदा पिडा छ । तर, संवैधानिक प्रकृया अनुरुप नागरिकता प्रमाणिकरण हुनुपर्छ । सरकार संविधान पालना गर्ने पक्षमा छैन । ’
प्रमाणिकरण गरिएको विधेयक निष्कृय राख्नुपर्ने र सो विधेयक संसद्मा पेश गर्नुपर्ने बताए ।