प्रधानमन्त्री भारत जानुभन्दा अघि नागरिकता विधेयक प्रमाणिकरण किन गरियो ? : राजेन्द्र लिङ्देन
प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण भएको भन्दै यो सच्याइनुपर्ने बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्री परिषद्को आज्ञापालक नभएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण भएको भन्दै यो सच्याइनुपर्ने बताएका हुन् ।
लिङ्देनले भने, ‘नागरिकता ऐन संसोधन हुनुपर्छ । प्रकृया र समय मिलेन । जुन प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण भयो त्यो मानिंदैन । चाँडोभन्दा चाँडो नागरिकता विधेयक प्रकृयामा आउनुपर्छ । प्रधानमन्त्री भारत जानुभन्दा एक दुई दिनअघि मात्रै किन नागरिकता विधेयक प्रमाणिकरण गरियो ?’