नगरपालिकाले प्रतिष्ठानको फोहोर नउठाउने

नगरपालिकाले प्रतिष्ठानको फोहोर नउठाउने
सुन्नुहोस्

जुम्ला : जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक खेल भएको भन्दै चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले फोहोर नउठाउने बताएका छन्। 

प्रतिष्ठानमा जथाभावी कर्मचारी भर्ना गर्ने लगायतका कार्य बढेको भन्दै उनले अब कुनै पनि सहयोग नगरिने र त्यहाँ भएका फोहोर पनि नउठाइने बताएका हुन्। 

जिल्ला वन कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले प्रतिष्ठानमा कार्यकर्ता भर्ति गर्न रोकेमा मात्र सहयोग गर्ने बताए। प्रतिष्ठानमा उपकुलपति डा. मंगल रावलले भने नगरपालिकासँग सम्झौता भइसकेकाले समस्या नहुने बताए। 

 
प्रतिष्ठानमा लामो समयदेखि फोहोर उठ्न सकेको छैन। प्रतिष्ठानले डम्पिङ साइटको व्यवस्था नगरेका कारण नगरपालिकाको भर पर्नुपर्ने र नगरपालिकाले पनि फोहोर नउठाएपछि समस्या सिर्जना भएको हो। 

प्रतिष्ठानमा फोहोर थुप्रिँदा खोलीकोट, शान्तिनगर लगायतका वस्तीमा दुर्गन्ध फलिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.