निजी विद्यालयहरूलाई छात्रवृत्ति विवरण बुझाउन नगरपालिकाको निर्देशन

निजी विद्यालयहरूलाई छात्रवृत्ति विवरण बुझाउन नगरपालिकाको निर्देशन
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका संस्थागत (निजी) विद्यालयहरूलाई छात्रवृत्ति विवरण बुझाउन पत्र जारी गरेको छ। 

शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति विवरण बुझाउन निर्देशन दिने निर्णय गरेको सिद्धार्थनगर नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए। 

'संस्थागत विद्यालयहरूले वितरण गरेको छात्रवृत्ति विवरणबारे एकीन जानकारीका लागि विद्यालयहरूलाई असार ८ गते भित्र विवरण बुझाउन पत्र जारी गरेका छौँ',  सिद्धार्थनगर नगरपालिकाका मेयर एवं शिक्षा समितिका संयोजक इश्तियाक अहमद खाँनले भने, 'विद्यालयहरूबाट विवरण प्राप्त पछि छात्रवृत्ति वितरणलाई नगरका क्षेत्रमा रहेका विद्यालयहरूमा थप कसरी प्रभावकारी बनाउन सकिने विषयमा छलफल गरेर अघि बढ्छौँ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.