बाढीपहिरोमा परी मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाख परिपूरण

बाढीपहिरोमा परी मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाख परिपूरण
फाइल तस्बिर
सुन्नुहोस्

कालीकोट : कालीकोटमा गत असोजमा बाढीपहिरोमा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन्। 

प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन्। 

२३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा नगरपालिका–४ मा मलामी जाँदा पहिरोमा परेर १३ जनाको मृत्यु भएका थियो। 

पहिरामा मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेशबहादुर शाही, छत्रजङ्ग शाही, परबहादुर शाही र मोतिलाल शाहीका आफन्तले दुई लाखको दरले २६ लाख रुपैयाँ रकम परिपूरणस्वरुप उनीहरूका परिवारले हन्तारन्तरण गरिएको छ। 

बीमाबापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा गर्ने राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीले जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण जिसीले पहिरामा परी मृत्यु भएका तिलागुफा–४ राँचुलीका धनबहादुर शाहीका हकवाला खड्कराज शाहीलाई चेक हस्तान्तरण गरे। अन्यका हकमा मृतक परिवारको बैंक खातामा जम्मा गर्ने सहमति भएको छ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.