आजको मौसम : चारवटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम २१ दशमलव ५ र ३२ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस !