प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो

प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो
सुन्नुहोस्

बुटवल : स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदा कार दुर्घटनामा परी मृत्यु भएकाहरूको एक जना बालकबाहेक अन्यको पहिचान भएको छ। 

दुर्घटनामा परी चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। मृत्यु हुनेहरू सबै दाङका हुन्। 

प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार मृत्यु हुनेमा गाडी चालक लमही ५ दाङ निवासी तारा बहादुर कुमाल, तुल्सीपुर–१५ निवासी ३५ वर्षीय सरिता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल रहेका छन्। 

त्यस्तै, लमही–७ गढवा निवासी ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाहको मृत्यु भएको छ। 

सोमबार दिउँसो उपल्लो भिंगृमा स्वर्गद्वारीबाट फर्किदै गर्दा ओरालो घुम्तीमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको थियो। स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानामगरले ओरालो घुम्तीमा ब्रेक फेल भएर कार दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्। 

उनका अनुसार कार माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको थियो। डोजरको सहायताले मृतकहरूको शव निकालिएको थियो। स्वर्गद्वारीमा पटक पटक दुर्घटना हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.