प्रधानमन्त्री प्रचण्ड भोलि दैलेख आउँदै

प्रधानमन्त्री प्रचण्ड भोलि दैलेख आउँदै
सुन्नुहोस्

दैलेख : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'भोलि दैलेख आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भोलि दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा आउन लागेका हुन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत् दिउँस ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड दैलेख आउने कार्यक्रम तय भएको छ । 

दह गाउँ दाशु सन्ततिहरु दाहाल, लम्साल, रुपाखेती, कुँबर तथा राणाहरुको आदीभूमि हो । कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्णकदको प्रतिमा (शालिक) स्थापना गरिएको दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका सल्लाहकार गंगाराम दाहालले बताए । उनका अुनसार कुल शिरोमणि दाशुको प्रतिमा स्थापना गरिएको र प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यतामा प्रतिमा अनावरण गर्ने कार्यक्रम छ ।

उक्त प्रतिमा जेठ २५ गते काठमाडौंबाट देवघाट,नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्‍याइएको थियो ।

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तिर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्य राखिएको प्रतिष्ठानका सल्लाहकार दाहालले बताए । प्रतिमा स्थापनाका लागि दह गाउँका कविप्रसाद दाहालले जग्गा उपलब्ध गराएका छन् । 

स्थानीय स्तरमा प्रतिमा निर्माण तथा संरक्षण समिति समेत गठन भएको प्रतिष्ठानले जनाएको छ । दैलेखमा स्थानीय स्तर प्रतिमा निर्माण र सम्बद्र्धन समितिको अध्यक्ष चन्द्रबहादुर दाहाललाई चयन गरिएको   थियो । प्रतिष्ठानले दह गाउँको भैरव मन्दिर नजिकै पूर्णकदको प्रतिमा (शालिक) दाशु तीर्थस्थद निर्माणको लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो ।

nullnullnullदह गाउँमा स्थापना गरिने कुल शिरोमणि दाशुको पूर्णकदको प्रतिमा (शालिक) । तस्बिर : अन्नपूर्ण 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.