मधेसका मुख्यमन्त्री यादवलाई एमालेले किन दियो विश्वासको मत?

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले किन दियो विश्वासको मत?
सुन्नुहोस्

जनकपुरधाम : मधेस सरकारबाट बाहिरिएको महिना दिनमै नेकपा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको छ। 

संघमा एमाले नेतृत्वको गठबन्धन भत्किएसँगै मधेसमा एमाले दबाबमा परेको थियो। एमालेका सचेतक दीपेन्द्र ठाकुरले पनि राजनीतिक दबाबका कारण त्यतिबेला सरकारबाट बाहिरिएको र समर्थनसमेत फिर्ता लिएको बताए।

'राजनीतिक दबाबका कारण एमाले सरकारबाट बाहिरिएको थियो। समर्थनसमेत फिर्ता लिएको थियो। तर सरकारले राम्रो काम गरिरहेकाले विश्वासको मत दिने सहमति भएको हो,' उनले भने। 

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले बजेटअघि नै विश्वासको मत लिएका हुन्। एमालेले समेत मत दिएपछि उनले दोस्रोपटक शतप्रतिशत विश्वासको मत पाएका हुन्।

प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.