संस्कृत विश्वविद्यालय बेलझुण्डीको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङमा

संस्कृत विश्वविद्यालय बेलझुण्डीको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नेकपा (माओवादी केन्द्र) ले दाङमा आयोजना गरेको अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै। तस्बिर : रासस

दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन्।  प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको  हेलिकोप्टरबाट बुधबार  बिहान यहाँ आइपुगेका हुन् ।

विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त  समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय,वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता छन्।

समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्मा,लुम्बिनी प्रदेशप्रमुख  अमिक शेरचन,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका  मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय  र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरु लगायतको सहभागिता रहेको छ ।

समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले  जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.