पैतृक थलो दह गाउँ पुगे प्रधानमन्त्री प्रचण्ड

पैतृक थलो दह गाउँ पुगे प्रधानमन्त्री प्रचण्ड
कुल शिरोमणि दाशुको पूर्णकदको प्रतिमा (शालिक) अनावरण गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : हिक्मतबहादुर नेपाली

दैलेख : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो पैतृक थलो दह गाउँमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो आफ्नो पैतृक थलो दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा पुगेका हुन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दह गाउँ पुगेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानद्धारा निर्मित कुल शिरोमणि दाशुको पूर्णकदको प्रतिमा (शालिक) अनावरण गरेका छन् । दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा पूर्णकदको प्रतिमा (शालिक) स्थापना गरिएको हो । 

दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तिर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ । 

null

सोहि अवसरमा प्रधानमन्त्री प्रचण्डलाई अभिनन्दन समेत गरिएको  छ । दह गाउँ कुल शिरोमणि दाशुको सुरुको बसोबास रहेको स्थान हो । दाहाल,लम्साल, रुपाखेती, कुँवर तथा राणाहरु दाशुका सन्तति हुन् । दाशुको प्रतिमा जेठ २५ गते काठमाडौंबाट देवघाट, नारायघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ्ग, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्‍याइएको थियो।

प्रतिमा स्थापनाका लागि दह गाउँका कविप्रसाद दाहालले जग्गा उपलब्ध गराएका छन् । स्थानीयस्तरमा प्रतिमा निर्माण तथा संरक्षण समिति समेत गठन भएको प्रतिष्ठानले जनाएको छ । दैलेखमा स्थानीयस्तर प्रतिमा निर्माण र सम्वर्द्धन समितिको अध्यक्ष चन्द्रबहादुर दाहाललाई चयन गरिएको  थियो । 

प्रतिष्ठानले दह गाउँको भैरव मन्दिर नजिकै पूर्णकदको प्रतिमा (शालिक) दाशु तीर्थस्थद निर्माणका लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदल समेत बनाएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.