१२ वर्षपछि दाङको संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह (तस्बिरसहित)

१२ वर्षपछि दाङको संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह (तस्बिरसहित)
सुन्नुहोस्

दाङ : दाङको बेल्झुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह भएको छ । १२ वर्षपछि संस्कृत विश्वाविद्यालयको दीक्षान्त समारोहमा ५७५ जना दीक्षित भएका हुन् । विद्यावारिधि उपाधि हासिल गरेका १२० जना,आचार्य तह उत्तिर्ण १४५ जना,शास्त्री तह उत्तिर्ण १६३,आयुर्वेद स्नातक उत्तिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उत्तिर्ण गरेका ९० जना दीक्षित भएका हुन् ।

समारोहमा प्रत्येक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई कूलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न पदक तथा विभूषणबाट विभूषित गरेका थिए ।

null

सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिवद्ध रहेको बताए । विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रमभित्र समेटेको प्रधानमन्त्रीको भनाइ छ । 

वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्द्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको बताए । विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत् गर्ने व्यवस्था मिलाउन पनि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नयाँ–नयाँ खोज,आविष्कार तथा विकासका आधारहरु सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट राष्ट्रले ठूलो अपेक्षा राखेको बताए ।

null

विविध कारणले गर्दा संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत बाह्र वर्षयता सम्पन्न हुन सकेको भन्दै प्रधानमन्त्री प्रचण्डले छात्रछात्राहरूको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमहरूलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने बताए । 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.