ककनी गाउँपालिकाका वडाध्यक्षको निधन
नुवाकोट : नुवाकोटको पर्यटकिय ककनी गाउँपालिकाका निर्वाचित वडाध्यक्षको निधन भएको छ। ककनी-२ का वडाध्यक्ष ४४ वर्षीय तीलकबहादुर लामाको उपचारका क्रममा निधन भएको हो।
मधुमेह र मिर्गौलाका विरामी लामाको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो। मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बेला मधुमेह र रक्तचाप नियन्त्रण हुन नसक्दा उनको निधन भएको हो।
वडाध्यक्ष तीलकवहादुर लामाको निधन भएपछि ककनी गाउँपालिकाले शोक विदा दिएको छ। गाउँपालिकाको आकस्मिक बैठकले शोक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !