लुम्बिनी सरकारले  ४० अर्ब हारीहारीको बजेट ल्याउँदै

लुम्बिनी सरकारले  ४० अर्ब हारीहारीको बजेट ल्याउँदै

दाङ : लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । जेठ २६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेशले  संविधानले निर्धारण गरेको समय सीमा आज आर्थिक वर्ष २०८०/२०८१को बजेट ल्याउन लागेको हो । प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औं बैठकमा बजेट सार्वजनिक गरिने भएको हो ।

आर्थिक मामिलामन्त्री धनबहादुर मास्र्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन् । यस वर्ष ४० अर्ब हाराहारीको प्रदेश बजेट आउने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा ४२ अर्ब बरावरको बजेट थियो।

संघीय सरकारले समेत प्रदेको अनुदान सिलिङ घटाएर पठाए पछि प्रदेश बजेटमा समेत त्यो प्रभाव देखिएको छ । आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ ।

संघले चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ ।

चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट छ । अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ । सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो । अहिले पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ ।

समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो । अहिले ८४ करोड बजेट छ । विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो भने अहिले ५६ करोड बजेट प्राप्त भएको छ ।

प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी भएको छ ।

 प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.