प्रधानन्यायाधीश कार्कीले लिए शपथ

प्रधानन्यायाधीश कार्कीले लिए शपथ
सुन्नुहोस्

काठमाडौं : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधान्यायाधीश कार्कीलाई शपथ खुवाएका हुन्।

संसदीय सुनुवाइ समितिको शुक्रबारै बसेको बैठकले प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। 

​​​​​​संसदीय सुनुवाइ समितिमा बिहीबार कार्ययोजना प्रस्तुत गरेका कार्कीसँग आज सवाल जवाफ भएको थियो। समिति सदस्यहरूले कार्कीसँग उजुरी कर्ताले दिएको उजुरी र उनले पेश गरेको कार्ययोजना सम्बन्धी प्रश्न सोधेका थिए। जवाफ दिएलगत्तै समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको घोषणा गरेको थियो।

संवैधानिक परिषद‍्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

कामु प्रधानन्यायाधीश समेत रहेका कार्कीलाई गत वैशाख १५ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। उनीविरुद्ध ३० बढी उजुरी परेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.