सवारी दुर्घटनामा चापाकोटका पूर्व नगरप्रमुख गिरीको निधन

सवारी दुर्घटनामा चापाकोटका पूर्व नगरप्रमुख गिरीको निधन
सुन्नुहोस्

स्याङ्जा : नेपाली कांग्रेसका महासमिति सदस्य एवं चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी निधन भएको छ।

चापाकोट नगरपालिका ४ दार्सिङ् घर भएका ६० वर्षीय गिरी पाल्पाको रामपुर स्थित एक परिवारलाई दुख भेट गरेर फर्कने क्रममा पुतलीबजार नगरपालिका १० बरजामा सो दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका गिरीको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ। उनको पार्थिव शरीर अहिले अस्पतालमा राखिएको छ। 

पुतलीबजार नगरपालिका १ स्थित आफ्नै निवासमा फर्कने क्रममा गएराती उनी सवार गाडी वडा नं. १० मा दुर्घटना परेको थियो। बा १५ च १७०१ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

गिरीका चालक पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ वर्षी सुरज नेपाली प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाका अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.