९ वर्षीय बालक हत्याका आरोपित चुवाई पक्राउ
![९ वर्षीय बालक हत्याका आरोपित चुवाई पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_SiHn62yJke_qp6vij7Lr2.jpg)
स्याङ्जा : हँसिया प्रहार गरी ९ वर्षीय बालकको हत्याका आरोपित सुजन चुवाई पक्राउ परेका छन्। हत्यापछि फरार रहेका चुवाई ३ दिनपछि पक्राउ परेका हुन्।
असार १ गते साँझको समयमा अर्जुनचौपारी गाउँपालिका-६ सिंउडिबारीमा २१ वर्षीय चुवाईले बालकको हत्या गरेको आरोप छ। वर्षीय चुवाईले ९ वर्षीय हर्षित देवकोटाको हँसिया प्रहार गरी हत्या गरेपछि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक रविन्द्र खनालले जानकारी दिए।
हत्यापछि चुवाई फरार रहेको र उनलाई पुतलीबजार नगरपालिकाबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालकको हत्याका कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)