बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै एमालेको आपत्ति, कार्यसूचीबाट हटाइयो बजेटमाथिको छलफल

बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै एमालेको आपत्ति, कार्यसूचीबाट हटाइयो बजेटमाथिको छलफल

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले पर्यटन मन्त्रालयअन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम उल्लेख नगरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा पर्यटन मन्त्रालयअन्तर्गत बिनियोजित बजेट पुस्तिकामा प्रदेशको नाम नराखी प्रदेश १, २, ३ लेखिएको भन्दै आपत्ति जनाएको हो । 

एमाले सचेतक महेश बर्तौलाले प्रदेशको नामाकरण भइसकेको अवस्थामा त्यसलाई संघीय संसदले अस्वीकार गरेर संख्याका आधारमा प्रदेशलाई उल्लेख गरिनु उचित नभएको बताए ।

उनले भने,'बिनियोजन बजेट पुस्तकमा नेपालको संविधानले दिएको अधिकारभन्दा बाहिर गएर केही विषय उल्लेख गरिएको छ। प्रदेशसभाले दुई तिहाइबाट नामाकरण गरिसकेको छ । हाम्रो संविधानले १, २ र ३ प्रदेश भनेर चिन्दैन। यो प्रदेशसभाको विशेषाधिकारमाथिको हनन हो। यो त्रुटि भएको हो भने सच्याउनुपर्छ।'

उनले प्रदेशको नाम अंकमा लेखेको विषयलाई सुधार गरे मात्रै छलफल अघि बढ्ने बताएपछि पर्यटनमन्त्री सुदन किराँतीले प्रदेशको नाम अंकमा लेखेको विषयलाई भुलसुधार गर्ने प्रतिवद्धता जनाए।

तर एमाले सांसदहरुले प्रदेशको नाम नै उल्लेख गरेर बजेट पुस्तिका आउनुपर्ने अन्यथा छलफल अघि बढ्न नसक्ने अडान राखेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूचीबाट पर्यटनमन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्यसूचि हटाएका छन्।  त्यसपछि अन्य मन्त्रालयमाथिको बजेटमा छलफल भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.