ताप्लेजुङमा पहिरोमा परेका राई सम्पर्कविहीन, दुई घाइतेको उद्धार

ताप्लेजुङमा पहिरोमा परेका राई सम्पर्कविहीन, दुई घाइतेको उद्धार
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङमा पहिरोमा परी थप एकजना बेपत्ता भएकाछन् । सिदिंवा गाउँपालिका- ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको स्थानीय कमल कडरियाले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

मुकुभञ्ज्याङ भन्ने स्थानमा बिहान पहिरो गएको हो । सो क्षेत्रमा पाँच दिनदेखि लगातार वर्षा भइरहेको छ । गाउँमा बस्न सक्ने अवस्था नरहेकाले स्थानीय सुरक्षित स्थानतर्फ सार्ने कोशिस गरिरहेको कडरियाले बताए ।

‘अहिले पनि मुसलधारे वर्षा भइरहेको छ । गाउँ नै पहिरोले चिरा–चिरा परेको छ ।’ कडरियाले भने,‘हाम्रो क्षेत्रको सुरक्षित स्थान भनेको निलगिरी माध्यमिक विद्यालय हो । त्यहाँसम्म पुग्ने अवस्था पनि छैन ।’ उनका अनुसार खाद्यान्नसमेत अभाव भएको छ । हिजोदेखि नै स्थानीय पहिरोको जोखिमका कारण घर छाडेकाले खानाको समेत अभाव भएको उनले बताए । 

यस्तै स्थानीय स्वास्थ्य चौकीसमेत पहिरोले बगाएका कारण प्राथमिक स्वास्थ्य उपचारको पनि अभाव रहेको स्थानीयको भनाई रहेको छ । सोहि स्थानमा आइतबार बेपत्ता रहेका गणेश तामाङको शव फेला परेको थियो भने अन्य तीनजना अझै हराइरहेका छन् ।

अविरल बर्षा नरोकिएका कारण राहत तथा उद्धारमा समस्या भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पानी पर्ने क्रम नरोकिएकोले जोखिम बढ्न सक्ने भन्दै सबैलाई सावधानि रहन आग्रह गरेकी छन् । उनले विपद् व्यवस्थापन समितिले राहत र उद्धारका कार्यलाई उच्च प्राथमिकतामा राखेको र यसकार्यमा सबै शक्ति परिचालित गरिएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.