अकुत सम्पत्ति आर्जन गर्ने दम्पतीविरुद्ध मुद्दा

अकुत सम्पत्ति आर्जन गर्ने दम्पतीविरुद्ध मुद्दा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सु.ई.) मधुकरप्रसाद राजभण्डारीले साढे तीन करोड अकुत सम्पत्ति आर्जन गरेका छन्। २८ वर्ष सरकारी सेवामा रहँदा ३ करोड ५६ लाख ७७ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति कमाएको देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीसहित उनकी पत्नी दीपा श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ। विशेष अदालतमा दर्ता गरिएको मुद्दामा उनले महानिर्देशकका रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ। राजभण्डारी २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ गतेसम्म सार्वजनिक सेवामा रहे। सार्वजनिक सेवामा रहँदा अवधिको उनीविरुद्ध अनुसन्धान गरिएको थियो। 

वैधानिक आय पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बिमा परिपक्व भई प्राप्त आय, सेयर बिक्रीबाट प्राप्त आय, कर्मचारी संचयकोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण÷कर्जा आय, घर बहाल (घर भाडा) बापत प्राप्त वैधानिक आय, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, विप्रेषण आय, शेयर लाभांश आयसमेत गरी तीन करोड ८५ लाख ५१ हजार वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ भने सोही जाँच अवधिमा उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण खर्च, सेयर खरिदमा भएको खर्च, कर्जा÷ऋणको साँवा ब्याज तिरेको रकम, जीवन बिमा प्रिमियम भुक्तानीमा भएको खर्च, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, सवारीसाधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी जम्मा ७ करोड ४२ लाख २९ हजार खर्च तथा लगानी गरेको देखिएको छ। 
कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा ३ करोड ५६ लाख ७७ हजारको वैधानिक स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिए। 

उनीविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको हुँदा भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ। 

राजभण्डारीले जाँच अवधिमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति निज तथा निजको श्रीमतीको नाममा हाल कायम रहेको स्रोत नखुलेको सम्पत्तिबाट जफत÷असुल उपर गरी पाउन मागदाबी गरिएको छ। गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति राजभण्डारीले श्रीमती दीपा श्रेष्ठको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, कम्पनी लगानी, बिमा प्रिमियम भुक्तानीलगायतमा गरिएको खर्च बराबरको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको छ। दीपा श्रेष्ठलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.