‘न्यायिक समितिमा सर्वसाधारण नागरिकको सहज पहुँच हुन्छ’

‘न्यायिक समितिमा सर्वसाधारण नागरिकको सहज पहुँच हुन्छ’
सुन्नुहोस्

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसिला श्रीपालीले न्यायिक समितिमा सर्वसाधारण नागरिकको सहज पहुँच हुने बताएकी छन्। अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजित न्यायिक समितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनले प्रदान गरेका मुद्दाहरु स्थानीय न्यायिक समितिबाट टुंगाउन सकेमा न्यायिक क्षेत्रमा सर्वसाधारण नागरिकको सहज पहुँच पुग्ने बताएकी हुन् । 

उनले अर्घाखाँचीको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताइन्। न्यायिक समितिको संस्थागत क्षमता बढाई न्याय सम्पादनमा प्रभावकारिता ल्याउन कानुनी अस्पस्टता सम्बन्धमा समान धारणा बनाउन, संघियताको असल अभ्यासको विकास गर्नर न्यायिक समितिका पदाधिकारीको क्षमता विकास गर्न न्यायिक सम्मेलनले सहयोग पुगेको शितगंगा नगरपालिकाका नगर उपप्रमुख गिता भाटले बताइन् । 

अर्घाखाँचीका ६ वटै स्थानीय तहका वर्तमान तथा निवर्तमान उपाध्यक्ष, न्यायिक समितिका पदाधिकारी, संघिय तथा प्रदेशका सांसदहरु, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा निकायका प्रमुख, सरोकारवालाहरुको न्यायिक सम्मेलनमा सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.