विशेषको फैसला चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
काठमाडौं :अख्तिर दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। आयोगबाट दायर भएका मुद्दामा विशेष अदालतबाट फैसला भएको मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
विशेषबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा असार ७ गतेको आयोगको निर्णयअनुसार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ।
विशेष अदालत काठमाडौंले सत्यजीव कुमार सिंह,टुनालाल कर्ण, शीतल रिमाल,सूचना तिमल्सिना,घनश्याम झा र ललित नारायणझ प्रतिवादी रहेको मुद्दामा २०७९ साल पुस १ गते रिमाल र तिमल्सिनालाई प्रमाण अभाव भएको भन्दै सफाइ दिएको थियो भने बाँकी अन्यलाई आंशिक कसुर ठहर गरेको थियो।
प्रतिक्रिया दिनुहोस !