पहिरोले कान्तिलोकपथ अवरुद्ध

पहिरोले कान्तिलोकपथ अवरुद्ध
फाइल तस्बिर।
सुन्नुहोस्

 हेटौंडा : गएराति देखिको अविरल वर्षाका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ। 

ललितपुर जिल्लाको भट्टे डाँडास्थित प्रहरी चौकीको करिब ५०० मिटर दक्षिणतर्फ आज बिहान ८ बजेको समयमा पहिरो जाँदा हेटौंडा-काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। 

प्रहरीका अनुसार ललितपुरको भट्टेडाँडा नजिकै प्रहरी चौकीको दक्षिणतर्फ गएको पहिरो मकवानपुर जिल्लाको सिमाना नजिक पर्दछ।

यसैगरी, आज बिहान काठमाडौंबाट कान्तिलोपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको सवारी साधनहरुलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले यातायात संचालन नभएसम्मका लागि सवारी साधनलाई लामवद्ध गरी राखिएको मकवानपुरको ठिंगन प्रहरीले जनाएको छ।

यसैगरी, हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको विभिन्न सवारी साधनहरुलाई पनि मकवानपुरको ठिंगन प्रहरीले ठिंगनमा रोकी राखिएको पनि प्रहरीले जनाएको छ।

आज बिहानैदेखि पानी परिरहेकोले मौसम सुधार नआएसम्म पहिरो पन्छाउन कठिनाई भएको र मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुबैतर्फको यातायात संचालनमा ल्याउन ललितपुर भट्टेडाँडा प्रहरी चौकीले प्रयास गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.