आयरल्यान्डविरुद्ध ३२५ रनमा अलआउट भयो श्रीलंका
बुलावायो : आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा श्रीलंकाले आयरल्यान्डलाई तीन सय २६ रनको लक्ष्य दिएको छ।
जिम्बाब्वेमा जारी छनोटअन्तर्गत समूह बीमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले ४९.५ ओभरमा सबै विकेट गुमाउनुअघि तीन सय २५ रनको योगफल तयार गर्यो।
श्रीलंकाका लागि ओपनर दिमुथ करुणारत्नेले एक सय तीन बलमा आठ चौकासहित एक सय तीन रनको शतकीय इनिङ खेले।
यस्तै, सादिरा समाराविक्रमाले ८२ तथा धनन्जय डी सिल्भाले ४२ तथा चारिथ असालन्काले ३८ रनको योगदान गरे। अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
आयरलयान्डका लागि मार्क आडेरले सर्वाधिक चार विकेट लिए। ब्यारी मकार्थीले तीन तथा ग्यारेथ डिलानीले दुई विकेट लिए।
सुरुआती दुई खेलमा जित निकालेको श्रीलंका सुपर सिक्समा पुगिसकेको छ।
प्रतिक्रिया दिनुहोस !