सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई
सुन्नुहोस्

राजविराज : राजविराजमा सोमबार सम्पन्न सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको उपाधि बजाज खडक वारियर्सले जितेको छ। खडक वारियर्सले तेस्रो पटक लिगको उपाधि जित्दै नगद तीन लाख रुपियाँ हात पारेको छ। 

प्रतिस्पर्धात्मक खेलमा ३ बल बाँकी रहंदा बजाज खडक वारियर्सले १४५ रनको लक्ष्य पूरा गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। 

लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्‍याएका हुन्। सुश्लिंगले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए। सुश्लिंगले पाँचौ विकेटको लागि बिवेक यादवसँग ३० रन, छैठौं विकेटको लागि दिनेश अधिकारीसँग ३६ रन तथा सातौँ विकेटको लागि अनिल यादवसँग अविजित २२ रनको साझेदारी गरे। 

रोमाञ्चक खेलको अन्तिम ८ बलमा २० रन आवश्यक हुँदा राशिद खानले १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे। अन्तिम ओभरमा १२ रन आवस्यक रहंदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन्।

खडक वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए। कञ्चनरुपको बलिंगमा चित्र बिष्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिए। 
यस अघि टस हारेर ब्याटिंग गरेको कञ्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो। 

कञ्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रनको योगदान दिए। यस क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए। 

बजाज खडक वारियर्सको बलिंगमा कप्तान बिबेक यादवले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १÷१ विकेट लिए। 

प्रतियोगिताको उपाधिसहित बजाज खडक वारियर्सले तीन लाख र उपविजेता कञ्चनरुप राइनोजले एक लाख ५० हजार रुपियाँ हात पारेको छ। प्लेयर अफ द सिरिज घोषित कञ्चनरुप राइनोजका राशिद खानले २५ हजार रुपैयाँ प्राप्त गरे। 

यस्तै उत्कृष्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृष्ट बलर खडक वारियर्सका दिनेश अधिकारी घोषित भए। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपियाँ पाए। यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.