काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसदलाई सोमबार प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
कांग्रेसका प्रमुख सचेतकले रमेश लेखकले बुधबार बिहान ११ बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका हुन्।
नेपाली कांग्रेसले विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन निर्देशन दिएको छ।
ह्वीप जारी गरिएको पत्रमा भनिएको छ, ‘असार १३ गते बिहान ११:०० बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० ( आ.ब. २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्वीप जारी गरिन्छ।’
संसद बैठकमा सांसदहरुले बजेट संशोधन नभए पास हुन नदिने बताइरहेका छन्। नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, नेकपा एस र जनमत पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने अभिव्यक्ति दिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !