बजेट पासबारे छलफल गर्न जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ। बजेटमाथि निर्णय गर्न आज मध्यान्ह १२ बजे संसदीय बैठक बोलाइएको जसपाका एक सांसदले जानकारी दिए। आजको बैठकमा बजेट र समसामयिक विषयमा छलफल हुनेछ।
जसपाका नेताहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने बताउँदै आएका थिए। तर, सत्ता गठबन्धनमा आबद्ध दल भएकाले आजको बैठकमा छलफलपश्चात बजेटमा मत दिने सहमति हुने सम्भावना रहेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुने कार्यसूची छ। आज बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
बजेट पास गर्ने कार्यसूची भएपछि कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !