बालेनले भने - संस्थागत विद्यालयका शिक्षकलाई सरकारले तोके बमोजिम तलब दिनू

बालेनले भने - संस्थागत विद्यालयका शिक्षकलाई सरकारले तोके बमोजिम तलब दिनू
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संस्थागत विद्यालयका शिक्षकलाई नेपाल सरकारले तोकिदिएको तलब स्केल उपलब्ध गराउन निर्देशन दिएका छन्।

बिहीबार उनले महानगरपालिकामा संस्थागत/निजी विद्यालयको शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आएकाले सामुदायिक विद्यालयका शिक्षकसहर दिन आह्वान गरेका हुन्। उनले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख भएकाले सोही अनुसार गर्नुपर्ने बताएका हुन्। 

‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर शिक्षा ऐन, २०२८ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

मेयर शाहले भनेका छन्,‘सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’

उनले सामुदायिक विद्यालयका शिक्षक सरह तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

कसको कति तलब ?null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.