मालढुङ्गा–बेनी सडक अवरुद्ध

मालढुङ्गा–बेनी सडक अवरुद्ध
फाइल तस्बिर।
सुन्नुहोस्

यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए। निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ ।

पर्वत : निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । 

पर्वत जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन ।

वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए। सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।

यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए। निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.