पाल्पामा मनाइयो धान दिवस, १० प्रतिशत मात्र रोपाइँ

पाल्पामा मनाइयो धान दिवस, १० प्रतिशत मात्र रोपाइँ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तानसेन : समयमा पानी नपरेपछि असार १५ गतेसम्म पाल्पामा १० प्रतिशत मात्र रोपाइँ भएको छ । असार १५ गते बाट लगातार झरी परेपछि कृषक फाँटमा झरेका छन् ।

पाल्पामा २० औं धान दिवस माडी फाँटको खेतमा रोपाइँ गरी मनाइएको छ । 

कृषि ज्ञान केन्द्र पाल्पा,तानसेन नगरपालिका र मदनपोखरा बहु प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा पाल्पामा धान दिवश मनाइएको हो । जलवायु अनुकुलित कृषक मैत्री प्रविधी धान उत्पादनमा वृद्धि नाराका साथ पाल्पाको माडी फाँटमा धान दिवश मनाइएको हो । 

लामो समय खेडेरी परी व्याड समेत राख्न नपाएका पाल्पाली कृषक असार १५ कै दिन लामो वर्षा भएपछि राहत महशुस गरेका छन् । खेडरीको कारण धान रोपाइँ गर्न नपाएका पाल्पाली कृषक धान दिवसको अवसरमा पर्याप्त वर्षा भएपछि रोपाइँको लागि खेत खेतमा पुगेका छन् ।

मानो रोपेर मुरी उब्जाउने असार महिना जलवायु परिवर्तनको लागि समयमा वर्षा नहुँदा कृषक चिन्तित बनेका थिए । असार १५ को अवसरमा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु एक  पाल्पाको माडी फाँटमा एक आपसमा हिलो छ्यापेर मनाएका छन् ।

कसैले धान रोप्ने,कसैले असारे गीत गाउने,कसैले जोत्ने,कसैले धानको बिउ बोक्ने, कसैले खेतको गरा मिलाउने,कसैले फोटो खिच्ने कोही नाचेर पाल्पामा धान दिवस मनाएको हो । पाल्पामा ८ हजार २ सय १० हेक्टरमा वर्षे धान खेती र ६ सय १० हेक्टर चैते धान खेती हुने गरेकोमा यस वर्ष रोपाइँ निकै कम भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन् । 

पाल्पामा माडी फाँट,रामपुर फाँट,कचल फाँट,अर्गली फाँट,झडेवा फाँट,छेरलुङ्ग फाँट,पूर्वखोला,सर्देवा फाँट धान खेती हुने गर्दछ । पाल्पामा दोस्रो खाद्यान्न बालीको रुपमा धान खेतीलाई लिने गरिन्छ । कृषकले प्रयाप्त रासायनिक मल समेत नपाएको गुनासो गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.