आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकूत सम्पत्तिमा दोषी ठहर
काठमाडौं : विशेष अदालत काठमाडौंले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी आर्जनको अभियोगमा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गर्दै ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको हो।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको जानकारी दिए।