टोखामा किसानले यसरी मनाए धान दिवस (फोटो फिचर)
काठमाडौं : आज देशभरि धान दिवस मनाइएको छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवसको थालनी गरिएको हो। धान दिवसको अवसरमा किसानहरूले खेतमा काम गरी दही चिउरा खाएर मनाएका छन्।
हेर्नुस् काठमाडौंको टोखाका किसानले मनाएको धान दिवस। तस्बिर : अभिषेक महर्जन