साँगुरीगढीको कुसेटारमा रोपाइँको रौनक (फोटोफिचर)

साँगुरीगढीको कुसेटारमा रोपाइँको रौनक (फोटोफिचर)
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको छ। 

साँगुरीगढी गाउँपालिकाको आयोजनामा पहिलो पटक तमोर नदीको गढतिर कुसेटारमा धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको हो। 

महोत्सवका अवसरमा हिलोमा महिला र पुरुष छुट्टाछुट्टै दौड प्रतियोगिता र खेतमा धान रोपाइँपछि दही चिउरा खाएर मनाइएको थियो। ‘कृषि नै जीवनको मुल आधार, जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। 

धान रोपाइँ र पुरुष दौड प्रतियोगितामा गाउँपालिका अध्यक्ष राई पनि सहभागी थिए।अध्यक्ष राईले देशमा खाद्यान्नमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै देशको श्रम शक्ति विदेशिएका र मल सिँचाइको असुविधाले धान लगायतका अन्न बालीहरूको उत्पादनमा ह्रास आउँदै गएकाले बेलैमा सचेत हुनुपर्ने बताए। 

जिल्लाका धनकुटा नगरपालिकाको कचिडे, पात्लेखोला लगायतका ठाउँमा पनि धान दिवस मनाइएको छ। 

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.