एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनल आज, नेपाल र मलेसियाको भिडन्त

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनल आज, नेपाल र मलेसियाको भिडन्त
सुन्नुहोस्

काठमाडौं : नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि घरेलु टोली मलेसियासँग खेल्ने भएको छ। सोमबार भएको सेमिफाइनलमा जित निकाल्दै नेपाल र मलेसियाले उपाधि भिडन्त पक्का गरेका हुन्। फाइनल खेल मंगलबार हुनेछ। सोमबार नेपालले सिंगापुरलाई ९७ रन पराजित गरेको थियो भने मलेसियाले हङकङलाई ७८ रनले स्तब्ध बनायो। 

यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो। पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा एक सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा समेटिएको थियो। सिंगापुरका रोशन रविचन्द्रनले सर्वाधिक २४ र कबिरले ११ रन बनाए। सिंगापुरका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका कृतिक कामतले तीन विकेट लिए। यस्तै सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतीक पोखरेल र अशोक धामीले एक/एक विकेट हात पारे। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल खडा गरेको थियो। नेपालका सूर्यांशु कोइरालाले ४३ रन बनाए। यस्तै निरज यादवले ४२, कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८ र प्रतीक भट्टराई १२ रन बनाए। सिंगापुरका हरिहरणले तीन विकेट लिए। यस्तै तथा हर्ष वेंकटराम र कविरले दुई/दुई विकेट हात पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.