देउवालाई बाइपास गरेर जिल्ला सभापतिहरूको भेला डाकेको महामन्त्रीद्वयमाथि आरोप

देउवालाई बाइपास गरेर जिल्ला सभापतिहरूको भेला डाकेको महामन्त्रीद्वयमाथि आरोप
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'बाइपास' गरेर जिल्ला सभापतिहरूको भेला डाकेको भन्दै महामन्त्रीद्वयमाथि प्रश्न उठेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको बैठकमा स्याङ्जाका सभापति राजु थापाले सभापति देउवाको अनुपस्थितिलाई लिएर प्रश्न गरेका छन्।

'यस्तो भेलामा सभापतिज्युको उपस्थिति किन देखिएन? कि तपाइँहरूले सभापतिज्युलाई बाइपास गरेर भेला गर्नुभएको हो,' थापाले महामन्त्रीद्वयलाई प्रश्न गरे।

जवाफमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको जानकारी बेगर यस्तो कार्यक्रम गर्न सम्भव नहुने बताए। उनले जानकारी दिएरै भेला बोलाएको स्पष्ट पारे। 'जिल्ला सभापतिहरूको भेला पार्टी सभापतिलाई जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको कुरा हो। सभापतिलाई थाहा नभइकन यस प्रकारको भेला सम्भव छैन,' उनले भने।

सभापतिसँग कतिपय कुरामा फरक मत भए पनि भेला होटलमा नभई पार्टी कार्यालयमै आयोजना भएको उनको भनाई थियो। 'सभापतिसँग कतिपय विषयमा फरक मत भए पनि हामीले होटलमा भेला गरेका छैनौं। सभापतिहरूको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ। पार्टीको क्रियाशील सदस्यलाई कसरी व्यवस्थित बनाएर सबै तहको सम्मेलनहरू गर्न सकिन्छ। यसमा कसैले पनि आशंका नगरौं,' उनले भने।

महामन्त्री शर्माले जिल्ला सभापतिहरूले कुन काम कसरी लिएर कार्यकर्तामा जाने भन्ने विषयमा साझा ढंगको प्रतिबद्धता ल्याउन लागेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.