वीरगन्जमा धोनीको क्रेज

विभिन्न परोपकारी काम गरेर वीरगन्जका युवाले मनाए उनको जन्मदिन

वीरगन्जमा धोनीको क्रेज

वीरगन्ज : भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जन्मदिन वीरगन्जमा पनि मनाइएको छ। शुक्रबार परेको धोनीको ४२ओैं जन्मदिन वीरगन्जका युवाहरूले परोपकारी काम गरेर मनाएका हुन्।

धोनीको जन्मदिनको उपलक्षमा ‘एमएस धोनी फ्यान क्लब’का युवाहरूले शुक्रबार विपन्न दलित बालबालिकालाई स्कुल ब्याग तथा रिक्सा र ठेला चालकलाई पसिना पुछ्ने गम्छा र बोतल वितरण गरेका हुन्।

वीरगन्जको हाम्रो पाठशालामा अध्ययनरत २५ जना विपन्न दलित बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको क्लबका अध्यक्ष विक्की सर्राफले जानकारी दिए। 

यस्तै एक सय जना रिक्सा तथा ठेला चालकलाई पसिना पुछ्ने गम्छा र पानी खाने बोतल वितरण गरिएको थियो। वीरगन्जका विभिन्न स्थानका सडकमा ठेला र रिक्सा चलाउँदै भेटिएकाहरूलाई गम्छा र बोतल वितरण गरिएको अध्यक्ष सर्राफले बताए।

धोनीको फ्यान रहेका वीरगन्जका युवाहरूले एमएस धोनी फ्यान क्लब गठन गरी विगत पाँच वर्षदेखि जुलाई ७ मा उनको जन्मदिन मनाउँदै आएका छन्। 

विगत पाँच वर्षदेखि हरेक वर्ष धोनीको जन्मदिनमा वीरगन्जमा रक्तदान कार्यक्रम, विपन्न दलित र दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकाहरूलाई विभिन्न किसिमका सहयोगसहितको परोपकारी काम गरेर मनाउँदै आएको अध्यक्ष सर्राफले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.