बागमतीका मुख्ममन्त्री जम्मकट्टेल भने, 'एमालेको रवाफ सत्तापक्ष भो!'

बागमतीका मुख्ममन्त्री जम्मकट्टेल भने, 'एमालेको रवाफ सत्तापक्ष भो!'
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई केन्द्रित गर्दै सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन्। 

शनिबार उनले फेसबुक स्टाटस लेख्दै आक्रोस पोखेका हुन्। उनले एमालले बिरोधका नाममा सम्पूर्ण सिस्टमलाई ध्वस्त पार्ने काम गरिरहेको आरोप लगाए। 

उनले लेखेका छन्, 'एमालेले सरकारको विरोधका नाममा सम्पुर्ण सिस्टमलाई ध्वस्त पार्ने काम गरिरहेको छ। पशुपतिको जलरी प्रकरणमा केपी ओलीको नाम लिन नहुने संसदको रेकर्डबाट हटाउनुपर्ने। योभन्दा निरङ्कुश चरित्र अरू केही हुन्छ। बहुमतको प्रधानमन्त्रीलाई सकेसम्म संसदमा बोल्नै नदिने। बोल्न सुरू गरेपछि होहल्ला गर्ने।' 

गत बिहीबार प्रदेश सरकारले  ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गरेको थियो। बजेटको सन्दर्भमा प्रदेश सभाका प्रमुख प्रमुख प्रतिपक्षदल नेकपा एमालेसहित राप्रपाले विरोध जनाउँदै बजेट नै पास गर्न नदिनेसम्मको अभिव्यक्ति दिँदै आएका थिए। 

उनीहरूले मुख्यमन्त्री जम्मकट्टेलसहित प्रदेशका अन्य मन्त्रीहरूले आफू केन्द्रित बजेट ल्याएको भन्दै त्यसभन्दा अघि सदन नै अवरुद्ध गर्दै आएका थिए। त्यसलगत्तै सत्तापक्षले प्रतिपक्ष दलका छुटेका योजनाहरूलाई समेत समावेश गर्ने भनेर मन्त्रिपरिषदको बैठकबाट निर्णय भएपछि मात्र बजेट पास भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.